३३ कोरका जीओसी लेफ्टिनेन्ट जेनरलले गरे मुख्यमन्त्री तामाङसॅंग भेट

n61967224217195065998274e28cfa5108bed8ebac3aae7100ccef161f7b55b00df75cdb0bada625ef5ba50

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङसॅंग बिहिवार सॉंझ ३३ कोरका जीओसी लेफ्टिनेन्ट जेनरल जुबिन ए. मिनावालाले भेट गरे। मुख्यमन्त्रीको सरकारी आवास मिन्तोकगाङमा भएको भेट अवधि राज्यसॅंग सम्बन्धित विभिन्न विषयहरूमाथि फलदायी चर्चा भएको मुख्यमन्त्रीले आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जानकारी गराएका छन्। लेफ्टिनेन्ट जेनरल जुबिन ए. मिनावालाले सेनासॅंग सामंजस्यपूर्ण सम्बन्ध कायम राखेको तथा राज्यमा सडक निर्माणका लागि आवश्यक अनुमतिहरू प्रदान गरेकोमा राज्य सरकारलाई धन्यवाद दिए। मुख्यमन्त्रीले पनि राज्यमा सेवारत सैन्यकर्मीहरूलाई विशेषरूपमा आपदाको समयमा निरन्तर समर्थनको निम्ति धन्यवाद दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement