सौरभको ह्याट्रिकले एसओटी टिस्टा फाइनलमा

IMG-20220813-WA0000.jpg

१२ अगस्त: टिस्टा खेलकुद समितिको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे ओपन फूटबल टुर्नामेण्ट २०२२-मा शुक्रवार खेलिएको दोस्रो सेमिफाइनलमा जीत हासिल गरी एसओटी टिस्टाले फाइनलमा स्थान बनायो । टिस्टा खेल मैदान (टिस्टा बजार, कालेबुङ)-मा आज भएको म्याचमा एसओटी टिस्टाले किर्ने एफसी-लाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट युवा फरवर्ड सौरभ तामाङले ह्याट्रिक गरे। अब १५ अगस्तको दिन खेलिने फाइनलमा एसओटी टिस्टा र लाञ्जिंग सेभेन तारखोलाबीच भिड़न्त हुनेछ । गत २५ जुलाईदेखि शुरु भएको यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अजय कार्कीले जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *