जोरथाङमा पिउने पानी समस्यालाई लिएर विधायक सिञ्चुरीले गरे बैठक

IMG-20240627-WA0233

गान्तोक: सालघारी-जुम समष्ठी अन्तर्गत जोरथाङका मानिसहरूले झेलिरहेको पिउने पानीको समस्यालाई लिएर सार्वजनिक स्वास्थ्य अभियन्ता विभाग (पीएचईडी) कार्यलयमा क्षेत्र विधायक मदन सिन्चुरीको अधक्षतामा एक बैठक समपन्न भयो। बैठकमा पिउने पानीको समस्यालाई लिएर चर्चा साथै पिउने पानीको स्रोत विकास गरिनुपर्ने बारेमा छलफल गरियो। कतिपय प्रकृतिक अतिक्रमणहरूले बार्षिकरूपमा पानीको समस्याहरू बढेको विषयमा बैठकमा चर्चा परिचर्चा गरियो। जोरथाङका मानिसहरूले झेलिरहेको पानीको समस्याबाट छिट्टै सरकार र विभाग मिलेर समधान गर्ने विधायकले आश्वासन दिएका छन्। बैठकमा नयाँ बजार- जोरथाङका नगर पनच्यात अधक्क्ष पवित्र मानव, उपाध्क्षा सुश्री निकिता राई लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement