गान्तोक: राज्यका एक मात्र लोकसभा सांसद डा. इन्द्र हाङ सुब्बाले आज लोकसभाका नवनिर्वाचित अध्यक्ष ओम विरलासँग भेट गर्दै बधाई एवम शुभकामना दिएका छन्। सांसद सुब्बाले आज अध्यक्ष बिरलालाई उनको कार्यालयमा भेट गर्दै सिक्किमबासी साथै राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङको तर्फबाट बधाई दिएका हुन्। विशेष गरेर उनी दोस्रोपल्ट संसदका अध्यक्षको पदमा निर्वाचित बनेका हुन्। उल्लेखनीय छ कि राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) संसदीय निकायबाट प्रतिनिधित्व गर्दै सांसद डा इन्द्रहाङ सुब्बाले अध्यक्षको लागि ओम बिरलाको उम्मेदवारी प्रस्ताव राखेका थिए। यो सिक्किमको लागि ऐतिहासिक क्षण हो, किनकि यो पहिलो पटक हो कि राज्यको एकमात्र सांसदले सम्मानित अध्यक्ष पदको प्रस्ताव गर्ने अवसर प्राप्त भएको छ।