रोहिताराज महाराजले गरे वृन्दवन धामको स्थलगत निरीक्षण

IMG-20240627-WA0231

सोरेङ: मुख्यमन्त्रीका पूर्व सल्लाहकार रोहितराज महाराजको नृतृत्वमा रहेको एउटा टोलीले आज सोरेङ जिल्लामा निर्माणाधिन दोदक श्रीधाम वृन्दावनको स्थलगत निरीक्षण गरे। उक्त टोलीमा श्रीधाम वृन्दावन समितिका अध्यक्ष रोहितराज महाराज सहित महासचिव सन्तोष छेत्री, पूर्व जिल्ला पञ्चायत सदस्य जीवन गुरूङ, प्रचार सचिव राहुल गुरूङ अनि मुम्बईबाट आएका अतिथिहरू सामेल थिए। टोलीले निर्माणको कार्यको जायजा लिए। श्रीधामको निर्माणकार्य ७५ प्रतिशत भन्दा अधिक पूर्ण भइसकेकोमा रोहितराज महाराजले खुशी व्यक्त गर्दै अहिले चलिरहेको निर्माणकार्यमा सन्तोष व्यक्त गरे। सम्पूर्ण निर्माण कार्य पुर्ण भएपछि यो वर्षको अन्तिमसम्ममा यसको उद्घाटन गर्ने पनि महाराजले जानकारी गराएका छन्।

राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको परिकल्पनामा निर्माण भइरहेको दोदक श्रीधाम वृन्दावनको निम्ति रोहितराज महाराजले सबैसँग निकट सम्पर्क राखेर शुरुदेखिनै समन्वय गरिरहेका छन्। श्रीधामको निर्माण पूर्ण भएसँगै यो देशमानै एउटा गौरवको तिर्थस्थल हुने बताएका छन्। मुख्यमन्त्री प्रेमसिंह तामाङको परिकल्पनामा निर्माण भएको यो श्रीधामले यस क्षेत्र साथै यहाँ वरिपरिका नागरिकहरूको आर्थिक स्थितिमा पनि केही टेवा पुग्न सक्ने मन्तव्य प्रकट गरेका छन्। सरकारले सिक्किम राज्यलाई धार्मिक पर्यटनको क्षेत्रमा पनि विकास गरेर लाने उद्देश्य रहेकोले यहाँ मात्र होइन राज्यको विभिन्न ठाउँहरूमा विभिन्न धर्मावलम्बीहरूको विश्वाससँग जुड़ेको पूर्वाधारहरूको निर्माण गर्ने कार्य अहिले भटाभट सम्पन्न भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement