सिक्किमका पहिलो निर्वाचित लोकसभा सांसद पहलमान सुब्बाको निधन

IMG-20240627-WA0229

मुख्यमन्त्री प्रेमसिंह तामाङले दिए स्वर्गीय सुब्बालाई अन्तिम श्रद्धाञ्जली

गान्तोक: सिक्किम राज्यका पहिलो निर्वाचित लोकसभा सांसद पहलमान सुब्बाको आज बिहान निधन भयो। उनी ९० वर्ष पुगेका थिए। केही समयदेखि विरामी अवस्थामा रहेका सुब्बाले उपचारकै क्रममा मणिपाल अस्पतालमा आज अन्तिम श्वास फेरेका हुन्। उनको अन्तिम संस्कार भोलि पैतृक थलो सोरेङ टिम्बुरबुङमा गरिने पारिवारिक पक्षमार्फत जानकारी प्राप्त भएको छ।

पूर्व सांसदको निधनको खबर पाउनसाथै राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज बिहान मणिपाल अस्पताल पुगेर उनलाई श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरे। मुख्यमन्त्री तामाङले आफ्नो आधिकारिक फेसबूक पेजमार्फत सिक्किमबाट पहिलो निर्वाचित सांसद जस्ता सम्मानित व्यक्तिप्रति सम्मान जनाउँदै अन्तिम भेटको क्षण महत्वपूर्ण रहेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement