मिरिक: मिरिक बजार बाैदी गाेलाईदेखि मिरिक बस्ती अनि मर्मा चियाकमानलाई जाेड्ने मुख्य सडक दबिएर चर्किएर केही दिन अघि यातायातमा अवराेध सृजना गरेपछि उक्त सडकलाई व्यवस्थित गरेर सुचारू गर्ने पहल शुरू भएकाे छ। आज उक्त क्षेत्रकाे स्थलगत भ्रमण अनि निरीक्षण जीटीए सियाेक गाेपालधारा ओकाईटी समष्टिको सभासद ध्रुव बम्जन, मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राई अनि मिरिक इञ्जिनियरिङ विभागका इञ्जिनियरहरूले गरे। यस अवसरमा बाेल्दै सभासद मिलेस राईले मिरिक बजार बाैदी गाेलाईदेखि मिरिक बस्ती अनि मरमा जाने सडककाे मुख्य भागमा नै सडक चर्किएर यातायातमा अवराेध सृजना भएपछि यातायात सुचारू गर्न विभागीय पहल शुरू भएकाे कारण आज विभागीय इञ्जिनियरहरूकाे साथमा स्थलगत भ्रमण अनि निरीक्षण गरिएकाे जानकारी गराउँदै यातायातलाई चाँडै सुचारू गरिनेछ भनी बताएका छन्। उनले उक्त पैह्राे प्रभावित क्षेत्रकाे मिरिक नगरपालिका अध्यक्ष एलबी राईले पनि भ्रमण अनि निरीक्षण अघिबाट नै गरिसकेकाे अनि पैह्राे राेकथामकाे लागि तारपाेलिन पनि प्रदान गरिसकेकाे बताए। उनले जीटीए अनि मिरिक नगरपालिकाकाे सक्रिय पहलमा नै सडक व्यवस्थित गरिनेछ भन्दै यस विषयमा मिरिक नगरपालिका अध्यक्ष एलबी राईसित पनि कुराे भइसकेकाे बताए।

उनले सडक चर्किएकाे कारण उक्त सडकमा मालवाहक गाडीहरूकाे आवत जावतमा राेग लगाए पनि कतिले अट्टेरी गरेर सडकमा मालवाहक गाडी राति कुदाई रहेकाे सुन्नमा आइरहेछ भन्दै कसैलाई पनि उक्त जाेखिमपूर्ण सडक व्यवस्थित नभएसम्म मालवाहक गाडीहरू नकुदाई दिने अनुराेध पनि गरेका छन्।