मिरिक झीलकाे ढिस्कना झर्दा धुप्पीका रूख ढल्याे

IMG-20240627-WA0220

मिरिक: मिरिक पर्यटन केन्द्रकाे मुख्य आकर्षण मिरिक झीलकाे कतिपय ठाउँका ढिस्कनाहरू झर्न थालेपछि झील परिसरमा रहेकाे कतिपय धुप्पीका रूखहरूकाे अस्तीत्व शंकटमा परेकाे छ। पानीकाे माैसममा ढिस्कना भत्किएर हाल एउटा धुप्पीकाे रूख मिरिक झीलमा लडिरहेकाे देखिएकाे छ। मिरिक पर्यटन केन्द्रकाे मुख्य आकर्षणहरूमध्ये एउटा धुप्पीकाे रूख हाे। यहाँ रहेकाे धुप्पीका रूखहरूले मिरिक पर्यटन केन्द्रकाे प्राकृतिक साैन्दर्यमा धेरै टेवा पुराएकाे छ। फलस्वरूप मिरिक घुम्न आउने पर्यटकहरू यहाँकाे धुप्पीका रूखहरू हेरेर माेहित बन्ने गर्दछन्। प्रत्येक वर्ष नै वर्षाकाे माैसममा ढिस्कना झर्दा एक या दुईवटा धुप्पीकाे रूख लडेर झीलमा पस्ने गर्छ भने वर्षाकाे शुरूवात हुन साथै यस वर्ष पनि मिरिक झील परिसरमा एउटा धुप्पीकाे रूख लडेकाे देखिएकाे छ। वर्षाकाे समय मिरिक झीलकाे जलस्रोत बड्ने जसले गर्दा यहाँकाे भित्ताहरू खाेपिने गरेकाेले नै ढिस्कना झरेर धुप्पीका रूखहरू प्रत्येक वर्ष लड्ने गरेकाे बुझिएकाे छ। मिरिक झील परिसरमा रहेकाे धुप्पीकाे रूखहरू यसरी लड्न थालेपछि पर्यावरण संरक्षणमा कार्य गरिरहेकाहरूले चिन्ता प्रकट गर्दै यसकाे संरक्षणमा सम्बन्धित निकायले ध्यान दिए असल हुने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement