झापा:२०२३ सालको एसईई दिएका दोर्दी गाउँपालिका ९ स्याउत सुनार गाउँका विकल सुनार एसईई परीक्षाको नतिजाको प्रतिक्षामा थिए। जनकल्याण मावि चिति तिलाहरबाट एसईई दिएका विकलको मंगलबार रातिको पहिरोमा परी निधन भएको छ। त्यसको ठिक एक दिनपछि एसईईको नतिजा पनि आएको छ। उनी २.८० जीपीए ल्याएर पास भएका छन्। तर उनी यस धर्तिमा छैनन्।