दुई परिवारबीचको झडपमा वृद्धको मृत्यु

IMG-20240627-WA0198

मालदा: मालदा सडक निर्माणको विवादमा दुई परिवारबीच झडप भएको थियो र सो झडपमा इँटाले हानेर एक वृद्धको मृत्यु भएको थियो। घटना लालगोला थाना क्षेत्रको जोतविकुन क्षेत्रमा भएको हो। मृतकको नाम सकमल सेख रहेको छ। सो क्षेत्रमा सडक निर्माणलाई लिएर दुई परिवारबीच झगडा भएको थियो, त्यसपछि उग्र रुप लिएको थियो। दुई परिवारबीच झडप हुँदा इँटा र ढुङ्गा प्रहार हुन थालेपछि सकमल सेख नामका वृद्धको छातीमा इँटा प्रहार भएपछि उनी भुइँमा ढलेका थिए। वृद्धलाई भगवानगोलाको कानापुकुर अस्पताल लैजाँदै गर्दा अस्पताल पुग्नुअघि नै बाटोमै वृद्धको मृत्यु भएको समाचार छ। त्यसपछि लालगोला पुलिस चौकीले शवलाई पोष्टमार्टमका लागि पठाउने प्रक्रिया अघि बढाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement