जलपाईगढी: केही दिन अघि डम्परको ठक्करबाट हात्तीको बच्चाको मृत्यु भएको थियो। त्यसपछि वातावरणप्रेमी संघसंस्थाले डम्परमाथि प्रतिबन्ध लगाउन माग गरेका छन्। फेरि पनि १४ पर्यावरणप्रेमी संघसंस्थाले जिल्लापाललाई ज्ञापनपत्र दिएका छन्l एकातिर खोलाबाट बालुवा ढुङ्गा निकाल्न डम्पर चलिरहेको छ भने अर्कोतिर केही भूमाफियाले काम गरिरहेको बताएका छन्। ‘खोलाको गजलडोबादेखि टिस्टा किनारसम्मको क्षेत्र अतिक्रमण गरेर खेती गरिरहेका छन्। खेतीपातीका कारण हात्तीहरू जंगलबाट बाहिर निस्केर शहरी क्षेत्रमा पनि प्रवेश गर्न थालेका छन्। खोला किनारमा खेती भएका कारण हात्तीको आगमन लगातार बढिरहेको छ। यो अवैध खेतीलाई जतिसक्दो चाँडो बन्द गरी डम्पर नियन्त्रण गर्न जिल्ला प्रशासनले कारबाही गर्नुपर्ने माग’ पर्यावरणणप्रेमी संघ-संस्थाले जिल्लापाललाई ज्ञापनपत्र दिएका छन्।