जग्गा मामलामा देवाशिष प्रामाणिक पक्राउ

IMG-20240627-WA0172

सिलगढी: सिलगढी डबग्राम फूलबारी क्षेत्रका टीएमसी नेता तथा पार्टीका डबग्राम फूलबारी ब्लक अध्यक्ष देवाशिष प्रामाणिकलाई पनि पक्राउ गरिएको छ। जग्गा मुद्दामा अर्का अभियुक्त विमल राय पनि पक्राउ परेका छन्। यसैबीच, टीएमसी नेता देवाशिष प्रामाणिकलाई आज जलपाईगढीको सीजेएम अदालतमा पेश गरियो। पुलिस स्रोतबाट प्राप्त जानकारी अनुसार पुलिसले प्रामाणिकलाई १० दिन हिरासतमा राख्न माग गर्नेछ। डबग्राम फूलबारी ब्लाक अध्यक्ष देवाशिष प्रामाणिकलाई हिजो न्यू जलपाईगढी पुलिस स्टेशनले पक्राउ गरेको थियो। अम्बरीचौकी क्षेत्र पाग्लुपाराका विमल रायको उजुरीका आधारमा यी नेतालाई पक्राउ गरिएको समाचार छ। देवाशिषमाथि जग्गा हिनामिना, कागजात छेडछाड, हातपात, ज्यान मार्ने प्रयास र आपराधिक षड्यन्त्रको आरोप लागेको बताइएको छ। उनीसँग पुलिस र सिलगढी पुलिस कमिश्नरेटको स्पेशल अपरेशन ग्रुपले सोधपुछ गरेको थियो। मुख्यमन्त्री ममता ब्यानर्जीले दुई दिनअघि सचिवालयमा नगर परिषदसँगको बैठकमा डबग्राम फूलबारी क्षेत्रमा जग्गा अतिक्रमणको मुद्दा उठाएकी थिइन्। मुख्यमन्त्रीले जग्गा अतिक्रमणलाई कुनै पनि हालतमा सह्य नहुने बताएकी छिन्। त्यसलगत्तै देवाशिष प्रामाणिक पक्राउ परेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement