सिलगढी: श्रीमती र दुई साना छोराछोरीलाई एक्लै छोडेर एक युवकले घर नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेका छन्। बिहान ७ बजे फूलबारीको पुटीमारी क्षेत्रमा एक युवकको झुण्डिएको अवस्थामा शव फेला पर्यो। घटना बिहीबार बिहान सिलगढी पुलिस आयुक्तालयको नयाँ जलपाईगढी थाना अन्तर्गत फूलबारी २ ग्राम पञ्चायतको पुटीमारी बंगला बस्ती क्षेत्रमा भएको हो। मृतक युवकको नाम रामप्रसाद रहेको, उमेर करिब २८ वर्ष बताइएको छ। मिस्त्रीको काम गरेर परिवार चलाउँथे। घरमा बाबु, आमा र श्रीमतीसहित दुई सन्तान छन्। परिवार र स्थानीय स्रोतका अनुसार मृतक युवा प्रायः मदिराको लतमा थिए। यो विषयलाई लिएर पहिले पनि विवाद हुन्थ्यो। बुधवार राति उनी मदिरा सेवन गरी घरमा आएर हतास गर्न थालेको परिवारका सदस्यले बताएका छन्। यसपछि सबैजना सुतेपछि बिहीबार बिहान छिमेकीहरूले घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा उनको शव देखेपछि न्यू जलपाईगढी थानाको पुलिस घटनास्थलमा पुगेर युवकको शव पोस्टमार्टमका लागि उत्तर बंगाल मेडिकल कलेज अस्पतालमा पठाएको छ। घटनाले परिवारमा शोक छाएको छ।