अलिपुरद्वार शहरमा अवैध निर्माणमा फेरि बुलडोजर प्रयोग, दुई होटल भत्काइयो

IMG-20240627-WA0146

अलिपुरद्वार: बुधवारपछि बिहीबार पनि अलिपुरद्वार शहरमा अवैध निर्माण भत्काउने काम जारी रह्यो। अलिपुरद्वार शहरको १३ नम्बर वार्डमा रहेको जलाशयमा अतिक्रमण गरी दुईवटा होटल अवैध रूपमा निर्माण गरिएका छन्। आज अलिपुरद्वार प्रशासनले बुलडोजर लगाएर अवैध निर्माण भत्कायो। सो अवसरमा जिल्ला पुलिस कार्यालयका प्रमुख तथा अधिकृतहरुको उपस्थिति रहेको थियो। जिल्ला शासकले अलीपुरद्वार शहरमा धेरै जलाशयहरू छन्, धेरै मानिसहरूले जलाशयहरू कब्जा गरेर घर र होटलहरू निर्माण गरिरहेका छन्। अवैध निर्माण विरुद्ध कारबाही जारी रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement