क्योङ्सा खेल मैदानमा आजादी का अमृत महोत्सव कार्यक्रम

IMG-20220812-WA0158.jpg

गेजिङ: ७५औं स्वाधीनता दिवसको अवसरमा देशव्यापी आयोजित आजादीका अमृत महोत्सव कार्यक्रमअन्तर्गत आज गेजिङको क्योङ्सा खेल मैदानमा आयोजित खुला फूटबल प्रतियोगितामा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। उनीसँग राज्यका जनस्वास्थ्य अभियान्त्रिकी विभागीय मन्त्री भीमहाङ लिम्बू, सांसद इन्द्रहाङ सुब्बा, अध्यक्ष जनक गुरुङ, सांस्कृतिक विभागका ओएसडी साथै खेलप्रेमी दर्शकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले विश्वका कतिपय देशवासी साँचो स्वाधीनताबाट वञ्चित भएको उल्लेख गर्दै भारतीय भएर साँचो स्वाधीनता पाएकोमा गर्वबोध गरे। आजादी का अमृत महोत्सवअन्तर्गत देशव्यापी रूपमा आयोजित प्रत्येक राष्ट्रिय कार्यक्रमहरूमा सिक्किम राज्य सानो भए पनि सक्रिय रूपमा सहभागिता जनाइरहेको उनले जानकारी गराए। उनले एसकेएम सरकार आएपछि गेजिङ कलेजको निर्माण कार्य अघि बढ़ाइएको साथै अन्य विकसित कार्यहरू भएको बताए।

आजको पहिलो खेल महिला वर्गमा सोरेङ खेलकुद संघ बनाम मानेवुङ देन्ताम महिला फूटबल अकाडमीमाझ सम्पन्न भएको थियो। जसमा शून्यकोविरूद्ध ४ गोल गरेर सोरेङ खेलकुद संघ फाइनलमा प्रवेश गरेको छ भने यसरी नै दोस्रो खेल सीनियर वर्गमा याङथाग समष्टि बनाम मानेबुङ देन्ताममाझ सम्पन्न भएको थियो। यसमा शून्यकोविरूद्ध २ गोल गर्दै याङथाग फाइनलमा प्रवेश गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *