बर्लिन: यूएफा यूरो कप २०२४ फूटबल टुर्नामेण्टको ग्रुप एफ-बाट पोर्तुगल र तुर्कीले प्री-क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। बुधवार अबेर राति खेलिएको म्याचमा पोर्तुगललाई जर्जियाले २-० गोलले उलटफेरको शिकार बनायो। वेल्तिन्स-एरेनामा ७३ प्रतिशत पोजेशनको साथ खेले पनि पोर्तुगलले गोल गर्न सकेन। जर्जियालाई खविचा ख्वारात्खेलियाले दोस्रो मिनटमै बढ़त दिलाए। त्यसपछि जिओर्जेस मिकाउताद्जेले ५७औं मिनटमा पेनल्टीबाट अझ एक गोल गरी जर्जियालाई यादगार जीत दिलाए। क्रिस्टियानो रोनाल्डोको उपस्थितिमा पोर्तुगलले २२ पल्ट विपक्षी पोस्टमा आक्रमण गरे पनि म्याच बचाउन सकेन। यसरी अन्य एउटा रोमाञ्चक म्याचमा तुर्कीले दशजना खेलाड़ीको साथ खेल्ने चेक रिपब्लिकलाई २-१-ले पराजित गऱ्यो। फोल्क्सपार्कस्टेडियनमा शुरुदेखि नै दबाउमा रहने चेक रिपब्लिकका एण्टोनिन बाराकलाई २०औं मिनट अनि टोमस चोरेलाई म्याचको अन्तिम क्षणमा रेड कार्ड देखाइयो। म्याचमा ६९ प्रतिशत पोजेशनको साथ खेल्ने विजेता टीमबाट हाकान काल्हानोग्लुले ५१औं र सेंक टोसुनले इञ्ज्युरी टाइमको चौथो मिनटमा गोल गरे। यी दुईवटा म्याचपछि शीर्ष दुईमा रहने पोर्तुगल र तुर्कीको ३-३ वटा म्याचमा ६-६ पोइण्ट्स पुग्यो तर गोल अन्तरको आधारमा रोनाल्डोको टीम ग्रुप विजेता बन्यो।। जर्जिया ४ पोइण्ट्सको साथ तेस्रो स्थानमा रह्यो।