झापा (नेपाल): मोरङ र सुनसरी जिल्लाकाे सिमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका ४ जना बगाउँदा १ जनाको मृत्यु भएको छ। घरबाट खाेलामा दाउरा टिप्न तथा माछा मार्न जाने क्रममा सुन्दरहरैंचा नगरपालिका ५ कि फुदनी भन्ने २२ बर्षिय प्रेमकला चौधरीको निधन भएको हो। बुढीखोलामा आएको बाढीले एकै परिवारका ४ जाना महिला बगाउँदा घटना भएको थियो। बढीले बगाउँदा सो परिवारका २ जना बेपत्ता छन्। बेपत्ता हुनेमा ६० वर्षीया काकी सासु असरादेवी चौधरी र अन्दाजी २५ बर्षकी जेठी बुहारी फुला चौधरी रहेका छन। बाढीको भेलसँगै बेपत्ता हुने २ जनाको खोजी कार्य भइरहेको पुलिसले उल्लेख गरेको छ। माइली बुहारी २२ वर्षीया स्वस्तिका चौधरीलाई भने बाढीले बगाएको बेला उद्वार गरि बचाइएको थियो। सुन्दरहरैँचा नगरपालिका ५ खोक्सीस्थित चौधरी परिवारमा अहिले ठूलो बज्रपात परेकोले पीडित परिवारलाई उद्धार र राहतको खाँचो परेको स्थानीयले बताएका छन्। खोलामा पानीको बहाब बढेकोले माछा मार्न तथा दाउरा टिप्न भनि नजान अनुरोध गरिएको छ।