खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत दुईको आयोजनामा दश दिने सर सफाई कार्यक्रम तीनधारेको भ्यु पोइन्ट वी लभ तीनधारेमा अाज सम्पन्न भएको छ। केही दिन अघिदेखि घैयाबारी ग्राम पञ्चायत दुईको आयोजनामा दश दिवसीय सर सफाई कार्यक्रम चलिरहेको छ र यसै क्रममा आज तीनधारेको भ्यु पोइन्ट क्षेत्रमा व्यापक सर सफाई गरिएको छ। उक्त सर सफाई कार्यमा घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती राई प्रधान, उप प्रधान रञ्जित थापा, पञ्चायत सदस्य अजय विश्वकर्म लगायत अन्य पञ्चायत सदस्यहरू, पञ्चायत कर्मचारीहरू, आईसीडीएस कर्मीहरू, आशाकर्मीहरू, भीभीडी, स्वास्थ्य विभागको एएनएमहरू उपस्थित रहेका थिए।

यस सर सफाई अन्तर्गत तीनधारेको गोलाई पाखास्थित भ्यु पोइन्ट क्षेत्रमा सबैले व्यापक रूपमा सर सफाई कार्य सम्पन्न गरिएको छ। सबैले विभिन्न प्रकारको मैलाहरू सफा गर्ने कार्य सम्पन्न गरेका छन्।

यस कार्य विषयमा पत्रकारहरूसित कुराकानी गर्दै घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती राई प्रधानले हाम्रो दश दिवसीय सर सफाई अभियान अन्तर्गत आज तीनधारेको वी लभ तीनधारे लेखेको परिसरमा व्यापक सर सफाई गरिएको जानकारी गराएका छन्। उनले यस क्षेत्रमा दैनिक धेरै पर्यटकहरू आउने गरेको कारणले यसको सर सफाई गर्न आवश्यक रहेको बताउँदै यस क्षेत्रमा मैलाहरू नफ्याँकिदिने अनुरोध समेत गरेका छन्। उनले यस क्षेत्रमा सर सफाईको कार्य स्थानीयहरूले पनि गरिदिने अनुरोध गरेका छन्।