ट्राउबा (त्रिनिदाद): दक्षिण अफ्रिकाले आफ्नो विजयाभियान जारी राख्दै एकतर्फी जीतको साथ आईसीसी टी२० वर्ल्ड कपको फाइनलमा स्थान बनायो। बिहीवार बिहान खेलिएको पहिलो सेमिफाइनल म्याचमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले पराजित गऱ्यो। म्याचमा टस जितेर पहिला ब्याटिंग गर्ने अफगानिस्तानका कप्तान राशिद खानको फसेला गलत साबित भयो अनि टीम ११.५ ओभरमा केवल ५६ रन बनाएर अलआउट भयो। यो अफगानिस्तानको टी२० इण्टरनेशनलमा सबैभन्दा सानो स्कोर हो। जवाफमा दक्षिण अफ्रिकाले ८.५ ओभरमै १ विकेटमा ६० रन बनाएर सजिलै म्याच जित्यो। यसरी दक्षिण अफ्रिका कुनै पनि वर्ल्ड कप (वनडे र टी२०)-मा पहिलोपल्ट फाइनलमा पुग्यो। ग्रुप चरण र सुपर ८-मा केही नजिकको म्याच खेल्नु परे पनि ऐडन मार्करमको कप्तानीमा रहने टीमलाई सेमिफाइनल जित्न अधिक असुविधा भएन। लक्ष्य सानो भए पनि दक्षिण अफ्रिकाले फर्ममा रहने ओपनर क्विण्टन डी ककलाई दोस्रो ओभरमै गुमायो, जसले केवल ५ रन बनाए। यसरी ५ रनमा पहिलो विकेटको पतनपछि रीजा हेण्ड्रिक्स र कप्तान मार्करमले जिम्मेवारीको साथ खेल्दै टीमलाई जीत दिलाए। यी दुईले दोस्रो विकेटको निम्ति ५५ रनको अटूट पार्टनरशीप गरे। हेण्ड्रिक्स २५ बल खेलेर २९ रनमा अविजित रहे। उनले ३ वटा चौका र एउटा छक्का लगाए। यसरी नै मार्करमले ४ वटा चौकाको साथ २१ बल खेलेर अविजित २३ रन बनाए। डी ककको विकेट फजलहक फारुकीले हासिल गरे। यसअघि टस जितेर ब्रायन लारा स्टेडियममा पहिला ब्याटिंग गर्ने अफगानिस्तानको दुर्दशा भयो अनि केवल एकजनाले दहाईको आँकड़ा छुन सकेन। ईनिंग्सको ७ ओभरभित्रै केवल २८ रनमा ७ विकेट गुमाउँदा नै अफगानिस्तानको हार तय भएको थियो। दक्षिण अफ्रिकी बलरहरुले विध्वंशी बलिंग गर्दै अफगानिस्तानको ब्याटिंग क्रमलाई तहसनहस पारे। अफगानिस्तानबाट अजमतुल्लाह ओमारजाईले सर्वाधिक १० रन बनाए। अन्य कसैले पनि ९ भन्दा अधिकको स्कोर बनाउन सकेनन् अनि तीनजना त शून्य रनमा आउट भए। यसरी टीम केवल ५६ रनमा अलआउट भयो। यसअघि टी२० इण्टरनेशनलमा अफगानिस्तानको सर्वनिम्न स्कोर ७२ रन रहेको थियो, जुन उनीहरूले २०१४-को टी२० वर्ल्ड कपमा बंग्लादेश विरुद्ध बनाएका थिए। आज दक्षिण अफ्रिकी बलरहरूमा मार्को यानसन र तबरेज शम्सीले ३-३ विकेट लिए। यसरी कगिसो रबाडा र एनरिक नोर्खियाले २-२ विकेट हासिल गरे। मार्को यानसनले प्लेयर अव् द म्याचको पुरस्कार जिते।