दुबई: अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) – द्वारा बुधवार जारी नवीनतम ऱ्याङकिंगमा अष्ट्रेलियाका ओपनिंग ब्याटर ट्रेविस हेड विश्वका शीर्ष टी२० ब्याटर बनेका छन्। उनले भारतका सूर्यकुमार यादवलाई पछि छोड़ेका छन्। सूर्यकुमार दिसम्बर २०२३-देखि शीर्ष स्थानमा थिए। हेडले जारी टी२० वर्ल्ड कपमा असल प्रदर्शन गरेर शीर्ष स्थान हासिल गरे जबकि उनको टीम चाहिँ टुर्नामेण्टबाट बाहिर भइसकेको छ। हेडले टुर्नामेण्टमा दुईवटा अर्द्धशतकको सहायताले २५५ रन बनाए, जसमा सुपर ८-को म्याचमा भारतविरुद्ध बनाएको ७६ रन पनि सामेल छ। हेड अहिले सूर्यकुमार (८४२ पोइण्ट्स) भन्दा दुई पोइण्ट्स अघि रहेका छन्। सूर्यासँग फेरि शीर्ष ऱ्याङकिंग हासिल गर्ने मौका हुनेछ कारण भारतले टी२० वर्ल्ड कपको सेमिफाइनलमा स्थान बनाएको छ। ईंग्ल्याण्डका फिल सल्ट र पाकिस्तानका कप्तान बाबर आजमको साथमा मोहम्मद रिजवान पनि शीर्ष पाँचमा सामेल छन्। वेष्ट इण्डिजका जनसन चार्ल्स शीर्ष १०-मा स्थान बनाउने एकमात्र नयाँ खेलाड़ी हुन्। यसरी बलरहरूका सूचीमा भारतका जसप्रीत बुमराह ४४ स्थान अघि बढ़ेर २४औं स्थानमा पुगेका छन् जबकि स्पिनर कुलदीप यादव पनि २० स्थानको सुधार गरी ११औं स्थानमा पुगेका छन्। स्पिन अलराउण्डर अक्षर पटेल आठौं स्थानको साथ शीर्ष भारतीय बलर हुन्। बलरहरूका ऱ्याङकिंगमा ईंग्ल्याण्डका आदिल राशिद शीर्ष स्थानमा कायम छन्। अफगानिस्तानका कप्तान राशिद खान टी२० वर्ल्ड कपमा उत्कृष्ट प्रदर्शनको दममा दोस्रो स्थानमा रहेका छन्। यसबीच अष्ट्रेलियाका मार्कस स्टोइनिसलाई हटाएर श्रीलंकाका वानिन्दु हसरंगा विश्वका नम्बर एक टी२०आई अलराउण्डर बनेका छन्।