नयाँ दिल्ली: आउँदो महिना शुरु हुने पेरिस ओलम्पिकको निम्ति हकी इण्डियाले बुधवार १६ सदस्यीय टीमको घोषणा गऱ्यो। डिफेण्डर हरमनप्रीत सिंह टीमका कप्तान हुनेछन् जबकि हार्दिक सिंहलाई उपकप्तान बनाइएको छ। टीममा सामेल पाँचजना खेलाड़ीले ओलम्पिक पदार्पण गर्नेछन्। यसबाहेक टोक्यो ओलम्पिकमा खेल्ने केही सीनियर खेलाड़ी पनि टीममा सामेल छन्, जहाँ भारतले काँस्य पदक जितेको थियो। पेरिस ओलम्पिकमा भारतसँग पूल बी-मा गत च्याम्पियन बेल्जियम, अष्ट्रेलिया, अर्जेण्टिना, न्यूजील्याण्ड र आयरल्याण्डसँग रहेको छ। प्रत्येक पूलबाट शीर्ष ४ वटा टीमले क्वार्टर फाइनलमा स्थान बनाउनेछ। भारतीय खेलाड़ीहरू अहिले बेंगलुरुको साई केन्द्रमा जारी राष्ट्रिय शिविरमा ओलम्पिकको तयारी गरिरहेका छन्। अनुभवी गोलकीपर पीआर श्रीजेश र मीडफिल्डर मनप्रीत सिंहले चौथोपल्ट ओलम्पिकमा हिस्सा लिनेछन् जबकि कप्तान हरमनप्रीतको यो तेस्रो ओलम्पिक हुनेछ। यसरी ओलम्पिक पदार्पण गर्ने खेलाड़ीहरूमा जरमनप्रीत सिंह, सञ्जय, राज कुमार पाल, अभिषेक र सुखजीत सिंह सामेल छन्। पेरिसमा भारतले आफ्नो अभियान २७ जुलाईमा न्यूजील्याण्डविरुद्ध म्याचको साथ गर्नेछ। पूल ए-मा नीदरल्याण्ड, जर्मनी, ब्रिटेन, स्पेन, दक्षिण अफ्रिका र आयोजक फ्रान्स रहेको छ।
भारतीय टीमः गोलकीपरः पीआर श्रीजेश डिफेण्डरः जरमनप्रीत सिंह, अमित रोहिदास, हरमनप्रीत सिंह, सुमित र सञ्जय मीडफिल्डरः राजकुमार पाल, शमशेर सिंह, मनप्रीत सिंह, हार्दिक सिंह र विवेक सागर प्रसाद फरवर्डः अभिषेक, सुखजीत सिंह, ललित कुमार उपाध्याय, मन्दीप सिंह र गुरजन्त सिंह वैकल्पिक खेलाड़ीः नीलकान्त शर्मा, जुगराज सिंह र कृष्ण बहादुक पाठक









