पाकिम: अन्तरराष्ट्रिय लागुऔषध दुरुपयोग एवं अवैध तस्करी विरुद्ध दिवसको अवसरमा बुधवार पाकिम जिल्लाका जिल्लापाल अगवाने रोशन रमेशले जिल्ला प्रशासनिक केन्द्रका अधिकारीहरू र कर्मचारीहरूलाई शपथ ग्रहण गराए।
यस अवसरमा पाकिमका एडीसी साङ्गे ग्याछो भोटिया, एसडीएमद्वय डाकमान सुब्बा र सन्देश सुब्बा तथा अन्य अधिकारीहरू र कर्मचारीहरू पनि सामेल थिए।
यस वर्षको थीम ‘प्रमाण स्पष्ट छ: रोकथाममा लगानी गर्नुहोस्’ रहेको छ जसले लागुऔषधको दुरुपयोग र तस्करी रोकथामका लागि सक्रिय उपायहरूको महत्वलाई बल दिन्छ। प्रतिभागीहरूले नशामुक्त भारत अभियान अन्तर्गत लागुऔषध मुक्त समाजको निम्ति प्रतिबद्धता व्यक्त गर्दै शपथ ग्रहण गरे।
अन्तरराष्ट्रिय लागुऔषध दुरुपयोग एवं अवैध तस्करी विरुद्ध दिवस प्रत्येक वर्ष २६ जूनमा पालन गरिन्छ। यस दिवस पालन गर्नुको उद्देश्य लागुऔषधको विनाशकारी प्रभावबारे जागरूकता फैलाउनु रहेको छ।