गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले बुधवार बिहान राष्ट्रिय राजधानी दिल्लीमा देशका पूर्व उपराष्ट्रपति एम वेंकैया नायडूसॅंग भेट गरे। नायडूसॅंग भएको संक्षिप्त भेटको क्रममा विभिन्न विषयहरूमाथि अर्थपूर्ण चर्चा भएको जानकारी गराइएको छ। मुख्यमन्त्री तामाङले राष्ट्रको विकासमा नायडूको अटल समर्पण तथा एकता र प्रगतिलाई बढावा दिनको लागि उनको अथक प्रयासको गहिरो प्रशंसा व्यक्त गरे।