अन्तरराष्ट्रिय लागुऔषध दुरुपयोग एवं अवैध तस्करी विरुद्ध दिवसको अवसरमा जिल्ला प्रशासनिक केन्द्रमा शपथ ग्रहण

n6195018791719424762170b40a93cfab4c3026545dedd743e07b208f2984e9c7c8af4e6cab5641d3123fa8

नाम्ची: नाम्ची जिल्लाकी जिल्लापाल अन्नपूर्ण आलेले आज अन्तरराष्ट्रिय लागुऔषध दुरुपयोग एवं अवैध तस्करी विरुद्ध दिवसको अवसरमा जिल्ला प्रशासनिक केन्द्रमा शपथ ग्रहण गराइन्।

यस अवसरमा नाम्ची जिल्लाका वरिष्ठ पुलिस अधीक्षक डा. टीएन ग्याछो लगायत वरिष्ठ अधिकारीहरू र कर्मचारीहरू उपस्थित थिए।

जिल्लापाल आलेले यस वर्षको थीम ‘प्रमाण स्पष्ट छ, रोकथाममा लगानी गर्नुहोस्’ माथि बल दिॅदै कुनै पनि प्रकारको लागुऔषध दुरुपयोगबाट टाडा बस्न आह्वान गरिन्। उनले समाजको उन्नतिका लागि समग्र वातावरण निर्माण गर्न सुझाउ दिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement