गान्तोक: आगामी १३ जुलाईको दिन पालन गरिने २१०औं भानु जयन्ती तयारीलाई लिएर गेजिङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा एक बैठक सम्पन्न भयो। उक्त सभा गेजिङ जिल्लाकी महकुमा अधिकारी तिरसाङ तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो। सभालाई सम्बोधन गर्दै महकुमा अधिकारी तामाङले उक्त कार्यक्रमलाई सफल तुल्याउनको निम्ति विभिन्न विभागको भूमिका र जिम्मेवारीबारे जानकारी गराइन्। उक्त कार्यक्रममा गेजिङ जिल्लाका कूल १२ वटा विद्यालयले सहभागिता जनाउने भएको छ भने सञ्चमान लिम्बू सरकारी डिग्री कलेज र वरिष्ठ माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई पनि आमन्त्रित गरिने भएको छ। उक्त दिन बिहान ९ बजी भानु शालिगमा खदा अर्पण गरेपछि शोभा यात्राको आयोजना गरिने।











