गान्तोक: मानेबुङ-देन्ताम समष्टिका कर्मटार-गिताङमा आज एउटा निजी वाहन दुर्घटनाग्रस्त हुँदा मिलिङ स्कूलका शिक्षक अनिल कुमार सुब्बाको मृत्यु भएको छ। उक्त वाहनमा मृतक सुब्बासहित अन्य कर्मचारीहरु स्कूल गइरहेको समय वाहन दुर्घटना भएको हो भने सो वाहन फेरेक खोलामा झरेपछि सुब्बाको मृत्यु भएको जानकारी गराइएको छ। वाहनमा ६ जना सवार थिए,जसमा लाक्पा याङ्गी शेर्पा (शिक्षिका), मानुषा हाङ्मा लिम्बु (जीटी लिम्बु), करण खुलाल (आईटी शिक्षक), यालम्बर हाङ लिम्बु (पीआरटी जनरल) र कृपा छेत्री (विद्यार्थी) घाइते बनेका छन्।घाइतेहरूलाई उद्घार गरी तत्काल गेजिङ अस्पताल लगिएको छ।
प्राप्त जानकारी अनुसार एसके २पी ४६९१ नम्बरधारी वाहन मृतक सुब्बाले नै चलाइरहेको थिए। उनी मिलिङ सरकारी स्कूलमा शिक्षक हुन भने मृतक सुब्बा लुङयोक निवासी हुन्। मृतकको शवलाई उद्घार गरि पोस्टमार्टमको निम्ति गेजिङ जिल्ला अस्पताल लगिएको छ।