गान्तोक: आज राज्यको विभिन्न कार्यालयमा लागुऔषध दुरुपयोग तथा अवैध व्यापर विरुद्ध अन्तर्राष्ट्रिय दिवस पालन गरियो भने यस अवसरमा नशामुक्ति अभियानबारे शपथ ग्रहण पनि गराइयो। यसै क्रममा सोरेङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा उक्त कार्यक्रम आयोजना गरियो भने अतिरिक्त जिल्लापाल डी. आर विष्टले सबै अधिकारीहरूलाई शपथ ग्रहण गराए। यसरी नै मंगन जिल्लामा सो कार्यक्रम पालन गरिएको भने जिल्लापाल अन्नत जैनले नशामुक्त भारत अभियानको निम्ति सबै अधिकारीहरूलाई शपथ ग्रहण गराए। मंगन जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल जैनले यस वर्षको कार्यक्रमको थिम “प्रमाण स्पष्ट छ, नियन्त्रणको निम्ति निवेष” रहेको छ। सोही प्रकारले गृह विभागमा पनि उक्त कार्यक्रम आयोजना गरियो,जसमा गृह विभागकी सचिव टाशी छो छो-ले अधिकारीहरूलाई शपथ ग्रहण गराइन्। विशेष गरेर नशामुक्त भारत अभियानको निम्ति उनले शपत ग्रहण गराएकी हुन्। यसरी नै राज्यको सूचना एवम जनसम्पर्क विभाग परिसरमा पनि सो कार्यक्रम आयोजना गरियो, जसमा विभागकी सचिव कर्मा डी. युत्सोले विभागका अधिकारीहरूलाई शपथ ग्रहण गराइन्।











