गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले १८औं लोकसभा संसदको अध्यक्षकोरूपमा दोस्रो पल्ट निर्वाचित बनेकोमा ओम बिरलालाई हार्दिक बधाई साथै शुभकामना दिएका छन्। मुख्यमन्त्रीले अध्यक्ष बिरला एक गतिशील नेतृत्व र लोकतान्त्रिक मूल्यमान्यता कायम राख्ने अटल प्रतिबद्धताको प्रशंसा गर्दै उनी पुन: निर्वाचित भएकोमा लोकसभाका सदस्यहरूले उनको क्षमतामाथि विश्वासको रहेको प्रमाण भएको दिएको बताएका छन्। देशका जनताले उनीमाथि लोकसभा कार्य सञ्चालनमा आफ्नो इमानदारी, निष्पक्षता र दक्षता कायम राख्ने कुरामा विश्वास राखेका छन्। सदनमा सहयोगी र रचनात्मक वातावरणलाई बढावा दिन उनको प्रयासको धेरै सराहना गरिएको मुख्यमन्त्रीले बताएका छन्। यसै क्रममा मुख्यमन्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदी र सम्पूर्ण राष्ट्रिय लोकतान्त्रिक गठबन्धनलाई राष्ट्रलाई प्रगति र विकासको दिशामा लैजानको लागि उनीहरूको अटल समर्थन र सामूहिक दृष्टिकोणको लागि बधाई दिएका छन्। “सिक्किमले एनडीएको प्रयासलाई पूर्णरूपले समर्थन जनाएको र राज्यका जनताको कल्याण र समृद्धिको लागि केन्द्र सरकारबाट निरन्तर सहयोग र संरक्षणको अपेक्षा गरेका छन्।











