जनताको सहयोगमा मणिपुरमा लागुऔषध ओसारपसारमा कमी आएको मुख्यमन्त्रीको दाबी

Manipur-CM-N-Biren-Singh-copy

इम्फाल: मणिपुरका मुख्यमन्त्री एन वीरेन सिंहले बुधबार राज्यमा लागुऔषध तस्करीका घटनामा कमी आएको बताए। उनले सुरक्षा निकायका साथै पहाड र उपत्यकाका जनताको संयुक्त प्रयासमा यो प्रगति भएको बताए। ‘यसबाहेक, स्याटेलाइट डाटा म्यापिङका अनुसार अफिम खेती ५०-६० प्रतिशतले घटेको छ, जुन राज्यमा लागुऔषध दुरुपयोगविरुद्धको लडाइमा महत्वपूर्ण उपलब्धि हो’, उनले भने। लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा सिंहले पहाडी गाउँपालिका, उपत्यकामा रहेका नागरिक समाज र सुरक्षाकर्मीको सक्रिय सहयोगले राज्यमा लागुऔषध ओसारपसार केही हदसम्म कम भएको बताए।  मणिपुरमा १९९० को दशकमा लागूपदार्थको गम्भीर समस्या थियो र एचआईभी पोजिटिभ केसहरूको दर धेरै उच्च रहेको उनले उजागर गरे। त्यसयता उनको सरकारले लागुऔषध दुरुपयोग विरुद्ध बलियो पहल शुरु गरेको बताएl जसको परिणामस्वरुप धेरै तस्कर र अन्तर्राष्ट्रिय गिरोहसँग सम्बद्ध व्यक्तिहरू पक्राउ परेका छन्। लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिंहले आफ्नो सचिवालयबाट बाइक र्‍यालीलाई झण्डा देखाए। सीमापारबाट हुने अवैध तस्करी विरुद्धको महत्वबारे सचेतना फैलाउने उद्देश्यले भएको र्‍यालीमा सयभन्दा बढी अधिकारी र सुरक्षाकर्मीको सहभागिता रहनेछ। ‘जनताको सहयोगमा राज्यबाट लागुऔषध दुर्व्यसनलाई जरैदेखि उखेल्न सरकार प्रतिबद्ध रहनेछ’, उनले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement