नक्सलबारी:: नक्सलबारीमा फेरि एकजना युवकलाई मादक पदार्थ अनि नगद रूपियाँ सहित पक्राउ गरेको छ। पक्रा पर्नेको नाम मिथुन राय बताइएको छ। प्राप्त जानकारी अनुसार, नक्सलबारी थाना पुलिसले गोप्य सूचना पाएपछि नक्सलबारी स्टेशन मो संलग्न प्रेम कलोनी इलाकामा अभियान चलाएर ८ ग्राम ब्राउन शुगर अनि नगद ३६ हजार ७०० रुपियाँ सहित एकजना युवकलाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको अनुसार पक्रा पर्ने युवकको सम्बन्ध नशालु पर्दाथको व्यवसायीसित रहेको छ। तिनलाई आज सिलगढी अदालतमा पेश गरियो। नक्सलबारी थाना पुलिसले सम्पूर्ण मामिलाको जाँच शुरू गरेको छ।