सिलगढी: अन्तर्राष्ट्रीय नशा विरोधी दिवसको अवसरमा आज समाजलाई नशा मुक्त बनाउने उद्देश्य लिएर विभिन्न स्वयंसेवी संगठनहरू अनि पुलिस प्रशासनद्वारा विविध तरिकाले मानिसहरूलाई सचेतना गराइयो।यसैक्रममा, एन्टी करप्सन फाउन्डेशन अफ् इन्डियाले सिलगढी संलग्न बारीभाषा इलाकामा स्वेच्छिक रक्तदान शिविर साथै नशा मुक्त समाज निर्माणको लागि एउटा विशेष शिविरको आयोजना गरियो। आजको शिविरको शुभारम्भ दीप जलाएर गरियो भने यसपछि साधरण मानिसहरूलाई नशा मुक्त समाज बनाउने संन्देश दिइयो। यसको साथै विभिन्न नशा मुक्ति केन्द्रहरूमा गएर जागरूकता सन्देश दिइयो। शिविरमा मुख्य अतिथिका रूपमा सिलगढी पुलिस कमिश्नरेटका एसीपी फारूक मोहम्मद चौधरी, राष्ट्रपति पुरस्कार विजेता बबिता प्रसाद लगायत अन्य गणमान्य मानिसहरू उपस्थित थिए।