राहुल गान्धीलाई संसदमा विपक्षी नेताको मान्यता प्राप्त

Rahul-Gandhi.jpeg

नयाँ दिल्ली: लोकसभा अध्यक्ष ओम बिरलाले बुधबार आधिकारिक रूपमा पूर्व कांग्रेस अध्यक्ष राहुल गान्धीलाई सदनमा विपक्षी नेताको रूपमा मान्यता दिएका छन्। लोकसभा सचिवालयको सूचनामा यो जानकारी दिइएको छ। राहुल गान्धीको विपक्षी नेताको रुपमा यसै महिना ९ जूनदेखि लागू हुनेछ। कांग्रेस संसदीय दलका प्रमुख सोनिया गान्धीले मंगलबार लोकसभाका कार्यवाहक अध्यक्ष (प्रोटेम स्पीकर) भर्त्रीहरि महताबलाई पत्र पठाएर राहुल गान्धीलाई विपक्षी दलको नेता बनाउने कांग्रेसको निर्णयबारे जानकारी गराएकी छन्। बिरला बुधबार आवाज मतदानबाट लोकसभाको अध्यक्ष निर्वाचित भएका छन्। उनले यो जिम्मेवारी लगातार दोस्रो पटक सम्हाल्दै आएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement