लोग्नेविरुद्ध स्वास्त्रीको हत्या गर्ने प्रयास गरेको अभियोग

13-years-to-this-day-a-girl-was-raped.jpg

सिलगढी: लोग्नेविरुद्ध स्वास्त्रीको हत्या गर्ने प्रयास गरेको अभियोग उठेको छ। घाइते स्वास्त्रीले पुलिससमक्ष गुहार लगाएकी छन्। उक्त घटना आज शान्तिनगर इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार गत २००४-मा वाजेत अली शेखको बिहे हैदरपाड़ाको मर्जिना बेगमसित भएको थियो। बिहेपछि मर्जिनाले लोग्नेले अगावै एकजनासित बिहे गरिसकेको थाहा पाइन्। बिहेपछि राम्रैसित घर संसार चलिरहेको थियो तरे केही दिन अघि लोग्ने वाजेत अली शेखले तिनलाई छोड़ेर गएका थिए। फोनमार्फत् सम्पर्क गर्दा पनि तिनी फर्केर आएनन्। यसपछि आज बिहान लोग्नेले तिनलाई एनजेपीको शान्तिपाड़ामा बोलाएपछि तिनी छिमेकीलाई साथमा लिएर शान्तिपाड़ा गइन्। लोग्ने वाजेत अली र तिनका साथी शत्रुघ्न प्रसाद वाहनमा त्यहाँ आएपछि मर्जिना बेगमलाई रडले हिर्काउनको साथै छिमेकी महिलालाई पनि मार्ने प्रयास गरेको आरोप रहेको छ। घटनापछि मर्जिना बेगम घाइते अवस्थामा एनजेपी थानामा पुगेर लोग्ने अनि तिनका साथीविरुद्ध लिखित अभियोग दर्ता गरिन्। अभियोगको आधारमा पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *