मङपूमा लागु औषधि विरुद्ध जनचेतना कार्यक्रम सम्पन्न

IMG-20240626-WA0181

मङ्पु: मङपुमा लागु औषधि विरूद्ध जनचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम सरस्वती विद्यालय भवनमा विद्यालयका नानीहरूलाई लिएर जनचेतनामूलक कार्यक्रम सम्पन्न गरियो। यस समारोहका प्रमुख अतिथिको रूपमा डब्लुबीपीएस रामगोपाल मण्डलको बाहुलीबाट सरस्वती माताको तस्वीरमा दीप प्रज्वलन गरी शुभारम्भ गरियो।
सरस्वती विद्यालयका शिक्षक प्रभारी सिनोरा प्रधानको अध्यक्षतामा सम्पन्न भएको जनचेतनामूलक कार्यक्रमका विशिष्ट अतिथिहरूमा रङ्ली रङ्लीयट पुलिस थाना प्रभारी ओसी वासीम बारी अनि मङपु आउट पोस्टका प्रभारी आईनुल हक, एएसआई सुनील छेत्री अनि एएसआई तपन गुवाको विशेष उपस्थिति थियो। सरस्वती विद्यालय अनि मङपु पुलिसको संयुक्त आयोजनमा सप्पन्न भएको लागु औषधि विरुद्ध जनचेतनामूलक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डब्ल्युबीपीएस रामगोपाल मण्डलले दार्जिलिङ क्षेत्रमा लागु औषधि सेवन गर्नेहरू रहेता पनि यसलाई नियन्त्रणमा ल्याउन दार्जिलिङ पुलिसले धेरै ठाउँहरूमा नाका चेकिङ्हरू पनि गरिरहेको अनि लागु औषधि सेवन गर्नेहरू विरुद्ध कानुनी कार्वाही पनि गरिरहेको बताए।

उनले दार्जिलिङ जिल्ला पुलिसले विभिन्न ठाउँहरूका गाउँ समाज अनि विद्यालयहरूमा पुगेर लागु औषधि सेवन विरुद्ध जनचेतनामूलक कार्यक्रम गरिरहेको जानकारी गराएका छन्। उनले विद्यालयमा आएर यस्ता जनचेतनामूलक कार्यक्रम गरेर नानीहरूलाई लागु औषधिका नकरात्मक प्रभाव अनि यसबाट मानव जीवनलाई कस्तो हानी पुर्‍याउँछ भन्ने सचेतनता गराए।

दार्जिलिङ पुलिसको पहलमा विद्यार्थी नानीहरूलाई लिएर यस्तो उपयोगी कार्यक्रम सम्पन्न गरिएकोमा विद्यालय परिवारको पक्षबाट विद्यीलयका शिक्षक प्रभारी सिनोरा प्रधानले दार्जिलिङ पुलिसलाई आभार व्यक्त गरेका छन् ।

शिक्षक अमृत खड्काले सञ्चालन गरेको समारोहमा मङपू पुलिस प्रभारी एसआई आईनुल हकले लागु औषधि सेवनविरुद्ध जनचेतनामूलक कार्यक्रम आयोजनामा सहयोग गरिदिए वापत् विद्यालय परिवारलाई आभार प्रकट गरे। कार्यक्रममा विद्यालयका नानीहरुले सुन्दर नृत्य प्रस्तुत गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement