लैनसिंह बाङ्देल प्रतिष्ठानको नयाँ समिति गठन

IMG-20240626-WA0177

खरसाङ: लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठान कलकत्ताको वार्षिक सभा सम्पन्न भएको छ। सभामा प्रतिष्ठानका मूल सचिव सञ्जीव गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि कोषाध्यक्ष खड्ग गुरुङले वार्षिक हर हिसाब सुनाएका थिए। पुरानो कमिटीको तीन वर्षे कार्यकाल समाप्त भएकोले पुरानो कमिटी विघटन गरी नयाँ कमिटी गठन गरियो। सन्तोषचन्द्र दर्नाल अनि सञ्जीव गुरुङको रेखदेखमा नयाँ कमिटी गठन गरियो, जसमा सभापति देविका मोक्तान, उप सभापति निमा निष्कर्ष तामाङ, मूल सचिव विकास कार्की, सह सचिव प्रा. अशेष लिम्बू, कोषाध्यक्ष संगीता शेर्पा, सह कोषाध्यक्ष खड्ग गुरुङ, कार्यकारिणी समितिमा प्रा किरण सुब्बा, बबिता राई, अरुण राई, अजय थापा, दिपेन्द्र दर्नाल, निकेश लिम्बू आदि रहेका छन्।
प्रतिष्ठाको संरक्षणमा सन्तोषचन्द्र दर्नाल, गणेश प्रधान अनि डीएल रामुदामु, सल्लाहकारमा सञ्जीव गुरुङ र प्रा डा कमल भुजेललाई राखिएको छ। स्मरण रहोस्- लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठानले आफ्नो स्थापना कालदेखि नै नेपाली भाषा, साहित्य अनि कलाको संरक्षण र सम्बर्द्धनमा योगदान पुर्‍याइरहेको छ। लैनसिंह बाङ्देलले ५० को दशकमा कलकत्ताबाट प्रकाशित प्रभातको पुनः प्रकाशन अनि साहित्य अनि कलालाई प्रोत्साहित गर्न लैनसिंह बाङ्देल स्मृति पुरस्कार वर्षेणी प्रदान गरिन्छ। कलकत्तामा रहने नेपाली भाषी विद्यार्थीहरूलाई लिएर कविता, निबन्ध प्रतियोगिता राख्ने गरिन्छ। भाषा मान्यता दिवसको अवसरमा भव्य कार्यक्रम गरेर स्रष्टाहरूलाई सम्मान गरिन्छ। यस वर्ष पनि प्रतिष्ठानले भव्य रुपमा भाषा मान्यता दिवस मनाउने निधो गरेको छ भनी लैनसिंह बाङ्देल प्रतिष्ठानको नयाँ मूल सचिव विकास कार्कीले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement