उर्सुला भोन डेर लेयन दोस्रो पटक युरोपेली आयोगको अध्यक्ष बन्ने सम्भवना

Ursula-Van-copy

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयन दोस्रो पटक यो पदमा निर्वाचित हुन सक्नेछिन्। युरोपेली संसदमा तीन बलियो समूहको प्रतिनिधित्व गर्ने छ ईयु नेताहरूले दोस्रो पटक अध्यक्षको रूपमा उनको नाम अगाडि बढाएका छन्। पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनियो कोस्टा फेरि युरोपेली परिषदको अध्यक्षमा मनोनित भएका छन्। यससँगै इस्टोनियाका वर्तमान प्रधानमन्त्री काजा कालास दोस्रो पटक विदेश नीति प्रमुख हुनेछन्। यी नामहरू ब्रसेल्समा हुने युरोपियन युनियन शिखर सम्मेलनमा अनुमोदनका लागि राखिनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement