सिलगढीमा एसी तार चोर्ने चोर पक्राउ

Screenshot_20240626_180534_Samsung Internet

सिलगढी: सिलगढी पुलिस थानाले एसी तार चोरी गर्ने एक चोरलाई पक्राउ गरेको छ। पक्राउ परेका अभियुक्तको नाम निकी दास (२०) हो। उनी माटिगरा पुलिस थाना अन्तर्गतको डिजेल कालोनीका बासिन्दा हुन्। प्राप्त जानकारीका अनुसार निकी दास सहरका घर र कार्यालयबाट एकपछि अर्को एसी तार चोरी गर्ने घटनामा संलग्न थिए। निकी दासले एसी तार चोरेर कबाडमा बेच्ने गर्दथे। यो कुरा थाहा पाउने बित्तिकै सिलगढी पुलिस थानाले मंगलबार राति अपरेसन चलाएर निक्कीलाई पीएनटी सडकबाट पक्राउ गरेको हो। पुलिसले अभियुक्तबाट ठूलो परिमाणमा एसी तार पनि बरामद गरेको छ। आज पुलिसले आरोपीलाई सिलगढी अदालतमा पेश गरेको छ। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement