साहुडांगी मोड क्षेत्र डुबानमा, ढल निकास मर्मत गर्न माग

Screenshot_20240626_180407_Samsung Internet

राजगञ्ज: दिनको वर्षापछि राजगञ्ज ब्लकको साहुडांगी मोड क्षेत्र डुबानमा परेको छ। जसका कारण स्थानीय व्यापारी तथा यात्रुहरु समस्यामा परेका छन्। ढल निकासको राम्रो व्यवस्था नहुँदा यो क्षेत्र वर्षौदेखि सानो पानीमा डुबानमा पर्ने गरेको आरोप छ। यो सडक महत्वपूर्ण सडक भएपनि साहुडाँगी मोड क्षेत्र हरेक वर्ष थोरै पानी परेमा डुबानमा पर्ने गरेको छ। यस्तै वर्षाले धेरै पसलमा पानी जमेको छ। सडकको छेउमा साहुडांगी आश्रम र हाई स्कूल छ। विद्यार्थीले दिनहुँ यही पानीबाट गुज्रनुपर्ने बाध्यता छ। कहिलेकाहीँ दुर्घटना पनि हुने गरेको छ। त्यसैले ढल निकासको व्यवस्था सुधार गर्न सर्वसाधारणले माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement