सिलगढी: सिलगढी महानगरीय पुलिसको पहलमा हरेक थानामा अन्तर्राष्ट्रिय लागुऔषध विरोधी दिवस मनाइँदैछ। लागुऔषधमुक्त समाज निर्माणका लागि एनजेपी पुलिस थाना लगायत विभिन्न प्रहरी थानाले सचेतना र्याली निकालेका छन्। यस दिन एनजेपी प्रहरी चौकी र एक स्वैच्छिक संस्थाले जनचेतना र्याली निकालेको थियो। यो र्यालीले विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो। एनजेपी पुलिस थानाका ओसी निर्मल दास र अन्य पुलिस अधिकारीहरू उपस्थित थिए। स्वयम्सेवी संस्थाका तर्फबाट सुजय विश्वासले लागुऔषधमुक्त समाज निर्माण गर्न पुलिसलाई सधैं साथ दिने बताए।