राजगञ्ज: अम्बाडीसहित विभिन्न स्थानमा अन्तर्राष्ट्रिय लागुऔषध विरुद्धको दिवस मनाइएको छ। सिलगढी पुलिस आयुक्तालय अन्तर्गत अम्बाडी आउट पोस्ट र नहर रोड ट्राफिक आउट पोस्टको पुलिसको पहलमा अम्बाडी चिन्तामोहन हाई स्कूलका विद्यार्थीहरूसँग लागूऔषध विरोधी दिवस मनाइएको थियो। यस दिन विद्यार्थीहरुलाई सचेतनामुलक सन्देश समेत दिइएको थियो। यससँगै सो क्षेत्रमा सचेतना र्याली पनि निकालिएको थियो। सो क्रममा एसीपी अब्दुल हई सरकार, भोरेर आलो थानाका ओसी मृण्मय घोष, अम्बादी चौकीका ओसी हिरुकान्ति सरकार, नहर मोड ट्राफिक थानाका ओसी बुद्ध तामाङ, अन्य पुलिस अधिकृत र विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो।