कार्गो कन्टेनर पल्टिंदा चालक घाइते

IMG-20240626-WA0171

सिलगढी: राष्ट्रिय राजमार्गमा खरिबारीको पानीट्यांकी नजिकै रहेको धातुर मोर क्षेत्रमा कार्गो कन्टेनर पल्टियो। मैनागढीबाट सुख्खा खाडी पात बोकेर हरियाणा जाँदै गरेको कन्टेनर राष्ट्रिय राजमार्ग न० ३२७ स्थित खोरीबारी पानीट्याङ्की नजिकै धातुर टर्नमा खाल्डोमा पल्टिएर दुर्घटना भयो। यस दुर्घटनामा चालक घाइते भएका छन्। घाइते कन्टेनर चालकलाई स्थानीयले उद्धार गरी खोरीबारी अस्पताल पुर्याएको छ। घटनाको जानकारी पाएलगत्तै खोरीबारीको पानीट्यांकी चौकीको पुलिस घटनास्थलमा पुगेको थियो। खोरीबारी पुलिस चौकीले यस विषयमा सम्पूर्ण अनुसन्धान थालेको छ।

About Author

Advertisement