धर्मगुरु पेम्बा रिम्पोर्छेद्वारा पानीघट्टा निवासी एक असहाय वृद्धा रामकुमारी तामाङलाई सहयोग

IMG-20240626-WA0161

खरसाङ: खरसाङको सामी लाखाङ गुम्बाका धर्मगुरु पेम्बा रिम्पोर्छेले पानीघट्टा निवासी एक असहाय ७६ वर्षीय वृद्धा रामकुमारी तामाङ उर्फ आपिनीलाई सहयोग गरेका छन्। शारीरिक रुपले असक्षम रामकुमारी तामाङको असहाय अनि लाचारीपनको बारेमा जानकारी पाएपछि पेम्बा रिम्पोर्छेले गुम्बाका आफ्ना सहयोगी लामा एवं शुभचिन्तकहरू निरज पाख्रीन, राकेश बम्जन, सन्तोष मोक्तान, साजन तामाङको साथमा पानीघट्टास्थित राम कुमारी तामाङको घरमा सहयोग प्रदान गर्न पुगेका थिए। पानीघट्टा निवासी रामकुमारी तामाङ वर्तमानमा आफ्नो घरमा एक्लै बसिरहेकी छिन्। उनको घरको अवस्था ठीक छैन, वर्षाको समयमा छानाबाट पानी चुहेर घरमा बसिनसक्नुको अवस्था रहेको छ। पेम्बा लामाले वृद्धाको घरमा पुगेर वृद्धाको चुहुने घरको मरमति कारिगर खटाएर गराउने आश्वासन दिँदै यसको निम्ति पानीघट्टाकै एक समाज सेवकलाई जिम्मेवारी सुम्पिएका छन्। पेम्बा रिम्पोर्छेले वृद्धाको घर मरमतिको सम्पूर्ण खर्च उठाउन भएका छन्। वृद्धासित भेटको अवधिमा लामाले वृद्धालाई केही आर्थिक सहयोग पनि प्रदान गरेका छन्। तामाङले वृद्धालाई सहयोग गरेको बारेमा बताउँदै कालेबुङका एक वरिष्ठ समाजसेवक ज्योती कार्कीले समस्यामा परेकाहरूलाई सहयोग प्रदान गर्न भनी केही आर्थिक सहयोग प्रदान गरेका थिए। शारीरिक रुपले असक्षण रामकुमारी तामाङको सोचनीय अवस्था रहेकोले उनलाई यसरी आर्थिक सहयोग प्रदान गरिएको बताएका छन्। पेम्बा रिम्पोर्छेले विगतमा पनि यी वृद्धा महिलालाई खरसाङबाट एउटा प्रतिनिधि दलको साथमा पानीघट्टा आएर आर्थिक सहयोग गरेको बताएका छन्। साई समितिका समन्वयक मीना राई अनि सदस्य सुरेश दियालीले बताए अनुसार लाचार र वृद्धा मनकुमारी तामाङको एउटा छोरी अनि एउटा छोरा छन्। उनीहरू दुवै बाहिर रहने गरेका छन्, उनीहरूले आफ्नो आमाको कुनै देखभाल गर्दैनन्।
यसैले साई समितिले वृद्धा तामाङको देखभाल गरिरहेको छ। उनीहरूले भने कि वृद्ध महिलालाई विभिन्न संघ- संस्थाहरूले खाना उपलब्ध गराइरहेका छन्। यसको अतिरिक्त गाउँका मानिसहरूले पनि वृद्धलाई सहयोग गरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement