लिंगियादेखि तामसाङ जाने पैह्रोले वाधित रोड सभासद सन्दीप छेत्रीको पहलमा खोलाउने कार्य

IMG-20240626-WA0159

दार्जिलिङ: विगत केही दिनदेखि लिंगियादेखि तामसाङ जाने रोडमा ठूलो ढुङ्गाहरु झरेर रोड ब्लक भएको थियो। उक्त बन्द रहेको रोड खोलाउने कार्य चुङथुङ मेरीबोङ तामसाङ समष्टिका सभासद सन्दीप क्षेत्रीले आफ्नो तर्फबाट गरेका छन्। उनले छ दिनसम्म बन्द भएको रोडलाई आफ्नो तर्फबाट पहल गर्दै खोल्ने कार्य गरेक जानकारी प्राप्त भएको छ। उक्त रोड खोलाउने कार्य गरेपछि क्षेत्रीय सभासद सन्दीप छेत्रीले चुनाव जित्नेहरु जितेर गए तर हार्नेहरुले नै गाउँमा समस्या समाधान गर्दैछन् भनी बताएका छन्। उक्त रोड खोलिदिएको विषयमा वार्ड मेम्बर विश्वराज सुब्बा अनि अमित गुरुङले बताए अनुसार चुनाव अघि यस क्षेत्रमा धेरै राजनैतिक दलका नेताहरु आएर भोट माग्ने कार्य गरेका थिए। क्षेत्रीय जनताले पनि भोट दिएर राजु विष्टलाई विजय गराएर पठाए। तर छ दिनसम्म रोड ब्लक हुँदा कुनै पनि राजनैतिक दलका नेताहरुले उक्त बाटो खोल्ने कार्य नगर्दा आफुले पहल चुङथुङ मेरीबोङ तामसाङ समष्टिका सभासद सन्दीप क्षेत्रीले जनताको समस्या समाधान हेतु कार्य गरिदिएको बताएका छन्।

About Author

Advertisement