साम्राज्ञी र स्वस्तिमाले माफी मागे, अस्मीले गरिन् खण्डन

IMG-20240626-WA0009

झापा (नेपाल): टेलिभिजन टक शोलाई लिएर भइरहेको विवादमा अभिनेत्रीद्धय साम्राज्ञी शाह र स्वस्तिमा खड्काले माफी मागेका छन्। सामाजिक संजालबाट चर्को विरोध भएपछि दुवैले इन्स्टाग्रामबाट माफी मागेका हुन्। स्वस्तिमाले जसिता गुरुङको पोस्टको कमेन्टमा माफी मागेकी हुन् भने साम्राज्ञीले स्टोरीबाट। माफी माग्दै स्वस्तिमा लेख्छिन्, ‘म तपाईंको भावनामा चोट पुर्‍याएकोमा माफी चाहन्छु। यो एक रमाइलो कार्यक्रम थियो र आवेगसहित कुराहरु बाहिर आयो। तपाईं मेरा लागि सँधै महान साथी हुनुहुन्थ्यो। फेरि पनि म माफी चाहन्छु।’

साम्राज्ञीले कुनै महिलालाई मात्र नभई कसैलाई पनि नीच देखाउने बारेमा सोच्न नसक्ने भन्दै स्पष्टीकरण दिएकी छिन्। उनले लेखेकी छिन्, ‘हामीलाई प्रश्नको राउन्डमा एउटा स्थितिमा राखिएको थियो। हामीले, यसको नतिजा के हुन्छ भनेर सोचेनौँ। कुनै पनि तरिकाले तिमीलाई धम्क्याउने कोशिश पनि गरेका थिएनौँ। तिम्रो भावनामा चोट पुर्याएकोमा माफी माग्न चाहन्छु।’ यसै साता एक टेलिभिजनको टक शोमा स्वस्तिमा र अभिनेत्री साम्राज्ञी शाह अतिथिको रुपमा पुगेका थिए। ओसिन सिटौलाले होस्ट गरेको कार्यक्रममा गेम खेल्ने भन्दै अनमोल, जसिता लगायतका कलाकारका व्यक्तिगत कुराहरु पनि गरिएको थियो। यो विवादमा अनमोल र जसितासहितका कलाकारले प्रतिक्रिया दिइसकेका छन्।  यसैबीच, पूर्वमिस नेपाल अस्मी श्रेष्ठले पनि इन्स्टाग्रामबाट उक्त टक शोलाई लिएर आपत्ति व्यक्त गरेकी छन्। टक शोमा आफूबारे लक्षित टिप्पणीलाई पनि उनले अस्वीकार गरेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement