सिरेमिक पोटरीमाथि प्रशिक्षण शुरू

IMG_20220812_232402.jpg

पाकिम: प्रधानमन्त्री वन धन विकास योजना अन्तर्गत अम्बा मामरिङ वन धन विकास केन्द्रमा यसका सदस्यहरूका लागि सिरेमिक पोटरीमाथि प्रशिक्षण शुरू गरिएको छ। आजादीको अमृत महोत्सवकै भागको प्रशिक्षण स्टुडियो माटोमा शुरू गरिएको छ।
सहकारी समिति, पाकिमकी जोइन्ट रेजिस्ट्रार केसाङ याङ्की र विभागका अधिकारीहरूले प्रशिक्षुहरूलाई कार्यक्रमबाट लाभ उठाउन आह्वान गरे। सिरेमिक पोटरीकी प्रशिक्षक रिना राईले आगामी २८ दिनसम्म प्रशिक्षण प्रदान गर्नेछन्। दोस्रो ब्याचमा १० जना सामेल छन्।

केन्द्रिय जनजाति मामिला मन्त्रालयको ध्वजवाहक कार्यक्रमको उद्देश्य जनजाति सदस्यहरूको उत्थान र आजीविका आर्जन सुनिश्चित गर्नु रहेको बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *