झापामा चट्याङले दुईजना र हृदयघातले एकजना कृषकको मृत्यु

IMG-20240626-WA0077

झापा: झापाका तीनवटा पालकिामा चट्याङले दुईजना र हृदयघातले एकजनाको कृषकको मृत्यु भएको छ। मंगलबार बिहान चट्याङ लागेर कमल गाउँपालिका–२ का ४६ वर्षीय राजन खड्का, गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षीय विकास गिरीको मृत्यु भएको हो। त्यस्तै, झापा गाउँपालिका वार्ड नम्बर ४ लोसाकी बस्ने ५० वर्षीय मन्जुर आलमको हृदयघातका कारण मृत्यु भएको जिल्ला  पुलिस कार्यालय झापाले जनाएको छ। जिल्ला पुलिस कार्यालय झापाका अनुसार खनजोत गर्न खेततर्फ जाने क्रममा चट्याङ लागेर खड्का घाइते भएका थिए। उपचारार्थ उनलाई दमकस्थित आम्दा अस्पतालमा पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। गिरीलाई भने स्थानीय सीताराम दाहालका खेतमा धानको बीउ छर्न गएका बेला चट्याङ लागेको थियो। घटनास्थलमै उनको मृत्यु भएको पुलिसले जनाएको छ। त्यस्तै, आज बिहान ९ बजे आफ्नो खेतमा आली लगाउँदै गरेका आलमको उच्च रक्तचापका कारण हृदयघातका भएर मृत्यु भएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement