टी२० सीरीज खेल्न भारतीय टीमले १ जुलाईमा जिम्बाब्वे प्रस्थान गर्ने

IMG-20240626-WA0151

नयाँ दिल्ली: टी२० वर्ल्ड कप २०२४ समाप्त भएपछि भारतीय क्रिकेट टीमले जिम्बाब्वेविरुद्ध ५ वटा टी२० इण्टरनेशनल म्याचको सीरीज खेल्नेछ। यस टी२० सीरीजको निम्ति बीसीसीआई-ले अगावै १५ सदस्यीय टीमको घोषणा गरेको छ। सीरीजको निम्ति शुभमन गिलको कप्तानीमा रहने भारतीय टीमले १ जुलाईमा जिम्बाब्वे प्रस्थान गर्नेछ। अहिले यात्रामा जाने धेरैजना खेलाड़ी राष्ट्रिय क्रिकेट एकाडमी (एनसीए)-मा हाई परफर्मेन्स क्याम्पमा व्यस्त छन्। भारतीय टीम १ जुलाईमा मुम्बईमा एकत्रित हुनेछ अनि जिम्बाब्वे यात्रामा जानेछ। यस अवधि यशस्वी जयसवाल, सञ्जु सेमसन, रिंकू सिंह र खलील अहमद टीमसँग जानेछैनन्। यी सबैजना टी२० वर्ल्ड कप समाप्त भएपछि हरारे जानेछन्। ध्रुव जुरेल र रियान परागले एनसीए छोड़िसकेका छन् अनि अहिले तालेगाउँमा राजस्थान रोयल्सको उच्च प्रदर्शन केन्द्रमा सीरीजको तयारी गरिरहेका छन्। यी दुईजनाले त्यहाँ लगभग एक हप्ता अभ्यास गर्नेछन् अनि मुम्बईमा अन्य खेलाड़ीहरूसँग भेट गर्नेछन्। एनसीए-का वर्तमान प्रमुख भीभीएस लक्ष्मण अन्तरिम भारतीय मुख्य प्रशिक्षकको रूपमा टीमसँग जिम्बाब्वे जानेछन्। उनको साथमा एनसीए-का सहयोगी स्टाफहरू पनि जिम्बाब्वे जाने सम्भावना छ कारण बीसीसीआई अहिले टीम इण्डियाको निम्ति नयाँ मुख्य प्रशिक्षक खोज्ने प्रयासमा रहेको छ। भारत र जिम्बाब्वेबीच सीरीजको पहिलो म्याच ६ जुलाईमा खेलिनेछ। त्यसपछि रहल 4 वटा म्याच क्रमशः ७, १०, १३ र १४ जुलाईमा खेलिनेछ। सीरीजको सबै म्याच हरारे स्पोर्ट्स क्लबमा खेलिनेछ।
जिम्बाब्वे जाने भारतीय टीम यसप्रकार छः
शुभमन गिल (कप्तान), यशस्वी जयसवाल, रुतुराज गायकवाड़, अभिषेक शर्मा, रिंकू सिंह, सञ्जु सेमसन (विककेटकीपर), ध्रुव जुरेल (विकेटकीपर), नितीश रेड्डी, रियान पराग, वाशिंगटन सुन्दर, रवि बिश्नोई, आवेश खान, खलील अहमद, मुकेश कुमार र तुषार देशपाण्डे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement