झापा: झापाको बुद्धशान्ति १ मा रहेको बुद्ध आदर्श माध्यमिक विद्यालयमा कक्षा-७ मा अध्ययनरत विद्यार्थीहरुलाई रबरको पाइपले निर्घात रुपमा कुट्ने डिसिप्लिन इन्चार्ज विवेश भण्डारीलाई विद्यालयले निलम्बन गरेको छ।
गत सोमबार दिउँसो विद्यालय व्यवस्थापन समितिको बैठकले भण्डारीलाई एक महिनाका लागि निलम्बन गरेको व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारीले जानकारी दिए। उनका अनुसार एक महिनाभित्र उनले समितिमा लिखित स्पष्टीकरण दिनु पर्नेछ। स्पष्टीकरण चित्तबुझ्दो नभए निष्कासन गरिने तिवारीले बताए।विद्यालयले भण्डारीलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेपछि हिजो बिहान आन्दोलित अभिभावकहरू साम्य भएका थिए।