धरानमा स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु

IMG-20240626-WA0073

झापा: सुनसरी जिल्लाको धरान उपमहानगरपालिका १७ रेल्वेस्थित सडकमा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
प्र.१–०२–०५ प ८७५३ नम्बरको स्कुटरले ठक्कर दिँदा सो ठाउँ बस्ने ३९ वर्षीया रत्न कुमारी राईको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको पुलिसले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पुलिसको भनाइ छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement