झलनाथको नाम जोडिएको सर्पपालन प्रतिष्ठानमा भ्रष्टाचार, तत्कालिन मन्त्रीसहित ५ जना दोषी

IMG-20240626-WA0006

झापा: विशेष अदालतले नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको नाममा खोलिएको सर्पपालन प्रतिष्ठानमा भ्रष्टाचार भएको ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उक्त प्रतिष्ठानमा भ्रष्टाचार गरेको आरोप लागेका ५ जनालाई दोषी ठहर गरेको हो।
दोषी ठहर भएकामा मधेस प्रदेशका तत्कालीन मन्त्री विजयकुमार यादव, प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी र सदस्य देवेन्द्र राय छन्। लालबन्दी नगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर खड्का र मधेस सरकारका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठले भने सफाइ पाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement